"किनाराको यात्री" 's Site

Friday, June 25, 2010

"किनाराको यात्री" जिबिहांग राई
'रमाईलो बस्ती'

ई मेल -१. rai.jibi@yahoo.com,

दर्शन नमस्ते !!!!!!!!!!!!!

प्रिय शिर्जनशील मनहरु !!!
आत्मीय सम्बोधन स्वीकारे है !!!!
म "किनाराको यात्री" जिबिहांग राईको

"शाहित्य !!!" साँच्चै मेरो बुझाईमा यो सानो सिमीत शब्दमा ठुलो अनागिन्ती पर्यायहरु लुकेका छन् साहित्य एउटा यात्रा हो त्यो पनि गन्तव्यहीन साँच्चैभन्दा 'किनाराको यात्रा जस्तो' जो कहिले हिडेर पुगिन्छ , न त हिड्ने बाटो नै सजिलो हुन्छ अनिश्चित गन्तव्यको यात्रामा हिड्दा बिहान शीतले भिजाउछ , दिउसो घामले पोल्छ अनि रातमा अन्धकारले झ्यापै छोप्छ येस्ताई यात्रामा साहित्येकारको जीवन बाँचेको हुन्छ अनी यात्राको क्रममा भेटीने मायालु अनि सादभाबी हातहरु साहित्यीक सहयात्री हुन भन्छु लाग्छ आज पनी एउता येस्तई यात्रामा निस्केको छु , जहा पनी तपाईहरुको मायालु अनि सादभाबी हातहरु को सधै अपेक्षा गरीरहने छू कहिलेकाहिं लाग्छ ज़िन्दगी पनी शाहित्यजस्ताई एउटा यात्रा नै हो 'किनाराको यात्रा जस्तो' अनि येसको पछि पछि दगुर्ने हामी "किनाराको यात्री ", त्येसैलेनै मैले मेरो नामको अगाडी जोड़ने गरेको हु "किनाराको यात्री " कुन्नी तपाईहरुलाई कस्तो लाग्यो मैले जे गरें त्यही भने है !!!!!!!!!!!!!!!!!!
दौ !!!!!!!!!!!!!!

दर्शन नमस्ते !!!

शाहित्यको एउटा फूल फूलाउन खोजेको छु
आदर्शको शितलतालाई भुलाउन खोजेको छु

सम्झिदिनुस मलाई यौटा शाहित्यको सानो कलम

साँचो प्रयाश गर्दै हुन्छु झिक्न तपाइको मनको जलन

प्रयाश गर्छु रंग्याउन शाहित्यको खालि शिउदो

साथ् दिनोस लेख्दै जान्छु भावना ति मनको जीउदो

शाहित्यको चौतारीमा गर्दै छु म आत्मा अर्पण

साहित्यप्रेमी सर्जकलाई चढाउछु यो समर्पण

"किनाराको यात्री"

जिबिहांग राई

Tuesday, June 15, 2010

गीत-"जिन्दगीको सपना मेरो"

जिन्दगीको सपना मेरो
सधैभरी हुनेभो अपूरो
तिमि यता म उता भएर
एक्लै छोडी तिमीले गएर

तिमीबिना जीन्दगी अध्यारो
एकैपल काट्न नि अप्ठ्यारो
गाह्रो भयो दुई दिने चोलानी
मै अभागी भएर होलानी

तिमि कुन्नी तडपिन्छौ तडपिन्नौ
खबर पठाउ फर्किन्छौ फर्किनौ
सुक्ने लाग्यो आसुको खोलानी
मै अभागी भएर होलानी

"किनाराको यात्री "
जीबीहांग राई